फेरि सर्‍यो लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ

210








लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ फेरि सरेको छ। छुट्टाछट्टै परेका चार रिटलाई एकैपटक सुनुवाइ गर्नेगरी हरिकृष्ण कार्की र ईश्‍वरप्रसाद खतिवडालाई चारवटै रिटको फाइललाई एक साथ पेश गर्न आदेश जारी गरेको हो। स्थानीय तहका करार कर्मचारीले मंगलबार अर्को रिट हालेपछि एकै ठाउँ राखेर आदेश गर्नु पर्नेमा मंगलबार त्यसो नभएकोमा फेरी एकैपटक सुनुवाइ गर्ने गरी सुनुवाइ सारिएको छ।
अर्को सुनुवाइ कहिले हुने मिति भने तय नभएको बताइएको छ ।
सोमबार पनि स्थानीय तहका १ सय २१ करार कर्मचारीले विज्ञापनको विरुद्धमा रिट दायर गरेका थिए। लोकसेवाले विभिन्न स्थानीय तहमा नौ हजार १ सय ६१ पदका लागि खुलाएको विज्ञापन समानुपातिक, समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरिएको थियो।
स्थानीय स्वायत्त शासन ऐनलाई टेकेर केही वर्षअघि सर्वोच्च अदालतले समेत आन्तरिक प्रतिस्पर्धामा सीमित कोटा निर्धारण गर्न आदेश दिएको तर हालको व्यवस्थाले त्यसलाई कटौती गर्दै विज्ञापन गरेको स्थानीय तहका करार कर्मचारीको गुनासो छ।



You might also like
Loading...