पुरानो कावासोतीको पश्चिम टोलमा सिचाईका लागि डिप बोरिङ्ग निर्माण शुरु (फोटो फिचर)
रामकुमार श्रेष्ठ
कावासोती, ५ असार ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको पश्चिम टोलमा सिचाईका लागि डिप बोरिङ्ग निर्माण शुरु भएको छ ।
कावासोती नगरपालिका वडा नं. ३ को चार लाख पचास हजार बजेटबाट डिप बोरिङ्ग निर्माण शुरु गरिएको हो । ६ इन्चको पानी आउने गरी बोरिङ्ग निर्माण शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु गौतमले बताए ।
विहीबार बारिङ्ग निर्माण कार्यक्रममा सहभागी मध्ये जेष्ठ नागरिक भरतलाल जोशीबाट निर्माण सामग्रीको पुजा गरेर निर्माण शुरु गरिएको थियो ।
कार्यक्रममा कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, वडा सदस्यहरु आइतराम तामाङ, ऋषि बस्ताकोटी, डिलु सुनार, स्थानीय बासिन्दाहरु लगायतको सहभागिता रहेको थियो ।
पश्चिम टोलमा रहेका कृषि समूह र त्यस क्षेत्रका किसानहरुलाई सिचाई सुविधा उपलब्ध गराउने गरी डिप बोरिङ्ग निर्माण शुरु गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
डिप बोरिङ्गको लागि अपुग रकम वडा कार्यालयबाट अर्को आर्थिक बर्षमा सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
