त्रिवि बिज्ञान संकायका सहायक डिन प्रो.डा. पटेल घुस रकम सहित नियन्त्रणमा


काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तिपुर, बिज्ञान संकायका सहायक डिन प्रो.डा. शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रढामा लिएको छ ।
उनलाई कलेजको सम्बन्धन नवीकरण गराईदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीसँग पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।



सम्बन्धित
Loading...