जुवातास खेलिरहेका ९ जना पक्राउ
गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती शिव मन्दिरस्थित मोहन कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा बौद्ध नयाँबस्ती बस्ने रामेछाप घर भएका ३३ वर्षीय गोपाल घिसिङ लगायत ६ जनालाई ३ बुक तास र नगद २९ हजार ५१५ रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो।
त्यसैगरी बाँकेकाे नेपालगंज उपमहानगरपालिका २ स्थित जाजरकोटी भावना होटलमा जुवातास खेलिरहेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका ७ बर्षीय ३० वर्षीय कृष्णबहादुर सिंह लगायत ३ जनालाई करिब ४५ हजार रुपैयाँ र १ बुक ताससहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।