अपाङग भएका व्यक्तिको तथ्याङक अपाङग व्यक्तिबाटै लिईदै


दिपकराज भट्ट
डडेल्धुराको अमरगढी नगरपालिकमा अमरगढी नगरपालिकाको सहयोगमा र जिल्ला अपाङ्ग सेवा समितिको आयोजनामा बिहिबार १ दिने अभिमुखिकरण कार्यक्रम भएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिकाका ११ ओटै वार्डमा अपाङग भएका व्यक्तिहरुको तथ्याङक लिइने भएको छ । बिहीबार गणकहरु लाई तथ्याङक संकलन सम्बन्धि जानकारि दिएको हो ।
जानकारी दिदै जिल्ला अपाङ सेवा समिति डडेल्धुराकी प्रमुख डम्बरी भट्ट्ले सहभागी गणकहरुलाई सुचकहरुको बारेमा समेत जानकारी दिएको थियो । अपाङगता भएका वयक्तिहरुलाई १० ओटा सुचकका आधारमा वर्गीकरण गर्ने व्यवस्था संविधानमा रहेको प्रशिक्षणमा जानकारी दिएको थियो ।
आफुलाई तथ्याङक संकलन गर्ने जिम्मेवारी दिएकोमा अपाङ भएका व्यक्तिहरुले अमरगढी नगरपालिका र जिल्ला अपाङ सेवा समितिलाई धन्यवाद समेत दिएका थिए ।



सम्बन्धित
Loading...