सुनको मूल्य एक दिनमै तोलाको एक हजार बढ्यो
बिहीबार नेपाली बजारमा छापावाल सुन खअहिलेसम्म्कै महंगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो ।
सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि प्रतितोला ५९ हजार रहेको सुनको मूल्य ६० हजार पुगेको थियो ।