उत्कृष्ट खेलाडीलाई सम्मान
श्याम थापा
सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ४ को वडा कार्यालयले आफ्नो वडामा रहेको उत्कृष्ट खेलाडी विद्यार्थीलाई सम्मान गरेको छ । सुस्ता गाउँपालिका वडा न ४ को वडा कार्यालयले उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई सम्मान स्वरूप ट्याक सुट र गोल्ड मेडल द्वारा सम्मान गरिएको सुस्ता गाउँपालिका वार्ड न ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्गले जानकारी दिएका छ्न । वडा न ४ को वडा कार्यालयले एक कार्यक्रम गरि सुस्ता ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,सहिद बिष्णु पाण्डे आधारभुत बिद्यालय,नर्सही नारायणी बिच हेभेन इङलिस बोर्डिङ्ग विद्यालय र आशुतोष शिक्षा सदन गरि ४ वटा विद्यालयबाट विद्यालय स्तरका सम्पूर्ण खेलमा उत्कृष्ट आएका नर्सहीका खेलाडी विद्यार्थीहरुको थप होसल्ला र अगामी दिनमा यसरी नै नर्सहीको नाम चिनाउनको लागि १३ जना उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष गुरुङ्गले बताएका छन । सम्मान पाउनेहरुमा राजन मल्लाह,पोनिता कोहार,गङगा लोनिया,आशा पासी,सागर गुप्ता,अञ्जली यादव,जरिना खातुन,अनिषा यादव,सोनभद बनिया,मनोज बिन,साहिल गुरुङ्ग,आयुषा घले र विशेष गुरुङ्ग रहेका छन ।