भागेश्वर गाउपालिकामा सुशाशन र विकासका लागि मिडिया सम्वाद

121








दिपकराज भट्ट
डडेल्धुरा । डडेल्धुरा सरदमुकामबाट भागेश्वर गाउपालिकाको सदरमुकामसम्म पुग्न १४ किलोमिटरको दुरी पार गर्नु पर्छ ।
भागेश्वर गाँउपालिकामा साविकका बगरकोट, रुपाल र भागेश्वर गाउविकास समिति मिलेर बनेको छ र हाल ५ ओटा वडा रहेका छन । भागेश्वर गाउपालिका जनतालाई सिंहदरबारको अधिकार गाँउगाउँमा पुग्ने भने पनि पछिल्लो समयमा जनप्रतिनिधिप्रति जनचासो घटदो क्रममा रहेका बेला जनता र जनप्रतिनिधि बीचमा अन्र्तरसंबादको कार्यक्रम स्थानीय स्तरमै आयोजना गर्ने र स्थानीय रेडियोबाट प्रसारण गरिने गाँउघर मिडिया हाउसका संयोजक डि.आर पन्तले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सुदुरपश्चिम प्रदेस सभाका सदस्य गोविन्द बोहराले गरेका थिए । कार्यक्रममा राजनितिककर्मी, पत्रकार, शिक्षक, स्थानीय जनता, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रम भागेश्वर गाँउपालिकाको आर्थिक सहयोग र गाउघर मिडिया हाउसको आयोजनामा हुने पन्तले बताए । स्वागत मन्तव्य राख्दै गाउपालिका अध्यक्ष कौशिला भट्टले जनतालाई सिंहदरवारको अधिकार गााउगाँउमा दिनुका लागि आफु सधै लागि पर्ने र गुनासो सुझाव पनि आफुले सुधारेर लैजाने उनले बताईन ।
मिडियाको माध्यमबाट प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने भट्टले बताईन ।



You might also like
Loading...