विप्लव विरुद्ध कडा भएको सरकारलाई मानवअधिकार आयोगको ध्यानाकर्षण : ‘इन्काउण्टर’ संस्कृति कानुनी राज्यमा पर्दैन
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘इन्काउण्टर’ संस्कृति विकास हुन नदिन सरकारको ध्यानाकर्षण गरेका छन्। आयोगले शनिबार काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष शर्माले इन्कान्टर संस्कृतिको विकास भएमा कानुनी राज्यको उपहास हुने चेतावनी दिए।

आयोगले सनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानूनलाई उपहास गर्छ,’ शर्माले भने, ‘इन्काउण्टर संस्कृतिको विकास हुनु भनेकै कानुनी राज्य समाप्तिको सुरुवात हो।’
चरि, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अनुसन्धान गरिरहेको भन्दै अहिले अन्य घटना समेत बढिरहेकोमा चिन्ता व्यक्त गरे ।
‘पछिल्लो समय नेत्रविक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ, यसअघि भोजपुरमा पनि यस्तै घटना घटेको थियो,’ अध्यक्षा शर्माले भने ।