कमाउन कतार पुगेका विनोद जब हत्या अभियोगमा जेल पुगे
दोहा : क्लिनरमा काम गर्न कतार आएको केही महिनामै चितवनका विनोद रानाभाटलाई भारतीय साथीलाई अस्पताल लैजान लाग्दा हत्याको आरोप लाग्यो। यो आरोपसँगै उनी जेल परे ।
ट्रेन्डिङ
दोहा : क्लिनरमा काम गर्न कतार आएको केही महिनामै चितवनका विनोद रानाभाटलाई भारतीय साथीलाई अस्पताल लैजान लाग्दा हत्याको आरोप लाग्यो। यो आरोपसँगै उनी जेल परे ।
भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका रानाभाटलाई मृत्युदण्डको सजाय दिइएको समाचार आयो। तर अहिले कतारस्थित नेपाली दूतावासले उनीविरूद्ध मृत्युदण्डको फैसला नभएको जनाएको छ।
सामाजिक सञ्जालमा रानाभाटलाई मृत्युदण्ड दिइएको हल्ला फैलिएपछि कतारस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै कतारी अदालतले तीन वर्ष जेल सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको जनाएको छ ।
‘आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दूतावासले मृत्युदण्डको फैसला नभएको जनाएको छ ।
Recover your password.
A password will be e-mailed to you.