बच्चा हेर्न घरमा बोलाएर घाँटी रेटी हत्या

149








उदयपुरमा एक महिलाको आईतवार घाँटी रेटेर हत्या भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा आईतवार दिउँसो १ बजेको समयमा घाँटी रेटेर १ महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन् ।

स्थानीय अटो रिक्सा चालक पदम राईको कान्छी श्रीमति २८ वर्षिय लक्ष्मी राईलाई उनकै सौता ३० वर्षिय सिता राईले आफने घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरिएको जनाएका छन् । पदम राईले कान्छी श्रीमति लक्ष्मी राईलाई ल्याएपछि उनकी जेठी श्रीमति सिता राई छुट्टिएर बसेका थिईन् भने कान्छी श्रीमति र श्रीमान भने एकै ठाउँमा बस्दै आएका थिए । सिता राई भने श्रीमानसँग छुट्टीएर १ सय मिटरको दुरीमा अर्को घरमा बस्दै आएको जनाएका छन् ।




श्रीमान अटो लिएर बिहानै बजार निस्केका थिए, मध्यान तिर सिता राईले सौतालाई आज म काम गर्न जान्छु बच्चा हेरि देऊ भनेर घरमा बोलाइन् । जब लक्ष्मी घरमा आइपुगिन् घरको ढोकैमा सिताले लक्ष्मीको घाँटीमा चक्कुले रेटीन् र हत्या गरिन् । ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मिले सौताले घाँटी रेटेर हत्या गरेको बताए । तत्काल प्रहरीले घटनास्थलबाट सिता राईलाई नियन्त्रणका लिनुका साथै घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद गरिएको जनाएका छन ।



You might also like
Loading...