सामुहिक बलात्कारका अभियुक्तताई तत्काल कारवाही गर्न सांसदको माग


प्रदेशसभा सदस्य फकरुद्धीन खाँनले रुपन्देहीको गैडहवामा दुई युवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कार्बाही गर्न माग गर्नुभएको छ आज बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य फकरुद्धीन खाँनले उक्त कुराको माग गर्नुभएको हो ।



असार २ गते राति १२ जनाको समूहमा रहेका युवाहरुले गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई र सामूहिक बलात्कार गरेकोमा एक जना मात्रै प्रहरीले पक्राउ गरेको र अन्य अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै प्रदेशसभा सदस्य खाँनले अभियुक्तहरुलाई तत्काल पक्राउ गरि कार्बाही गर्न माग गर्नुभयो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरे पनि अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्तिहरु फरार रहेका छन् । घटना विवरणअनुसार ती दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेको बताइएको छ ।
भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् । गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेका हुन् । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताएका छन् ।

रुपन्देहीमा २ युवतीमाथि सामूहिक बलात्कार



सम्बन्धित
Loading...