कैलालीको गौरीगंगा नगरपालिकाको भवनमा बम बिस्फोट
धनगढी, १० असार । कैलालीको गौरीगंगा नगरपालिकाको भवनमा आज बिहानै बम बिस्फोट गराइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ४ बजेतिर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट भवनको भित्ता चर्किएको छ ।
नगरपालिकामा डिउटीमा रहेका सुरक्षा गार्डका अनुसार गएराति १ बजेतिर एक जनाले आफूसग भएको झोला नगरपालिकाको भवनमा फालेर जंगलतिर गएको थियो ।
ततपस्चात प्रहरीलाई खबर गरिएको र डिस्पोजल टीम पुग्नु अगावै चार मिनेट अर्थात् बिहान ४ बजेतिर बम विस्फोट भएको कैलालीका प्रहरी प्रबक्ता डिएसपी दक्षकुमार बस्नेतले बताए।
कावासोती नगरपालिका उपमेयरको सरकारी गाडीमा आगजनी, कसले र किन गर्यो आगजनी ?
उनले बम बिस्फोटबाट सामान्य भित्ता चर्किए र अरु केही क्षति नभएको बताए। घटना बारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
नेकपा माओवादी बिप्लब समुहले नेपाल बन्द गरेको पूर्वसन्ध्यामा बम बिस्फोट भएकोले बिप्लब माओवादीले नै सो बिस्फोट गराएको प्रहरीको अाशंका रहेको छ ।