इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश


विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।




मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ ।




२८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए पनि अन्य खेलाडी भने सस्तैमा समेटिए । शून्य रन हुँदा नै पहिलो विकेटको रुपमा जेम्स भिन्चलाई गुमाएको इंग्ल्यान्डले १५ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४४ रन खर्चेर पाँच विकेट लिएका थिए । त्यस्तै, मिचेल स्र्टाकले चार विकेट लिए ।




सम्बन्धित
Loading...