बालबिवाह विरुद्ध नाटक


श्याम थापा


सुस्ता ११ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीमा बाल बिवाह विरुद्ध मन्चिय नाटक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भबिस्य संवाद केन्द्र सुस्ता ४ नर्सहीको आयोजनामा,सुस्ता गाउँपालिकाको कार्यालय र एबिसी नेपाल भैरहवा,स्ट्रोमाफाउन्डेसन नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा भबिस्य संवाद कार्यक्रम अध्यक्ष रमाशंकर गुप्ताको अध्यक्षयता,सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यता र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको विशेषअतिथ्यता रहेकोे थियोे ।

नाटकले समाजमा हुदै गइरहेको बालबिवाहलाई कसरी अन्त्य गर्ने र बालबिवाह पश्चात दम्पतीय जिवनमा पर्ने असरको साथ साथै घरपरिवारमा हुने हिंसा बारे अवगत गराउदै भविष्य संवाद केन्द्र नर्सहीका किशोरीहरुले बाल बिवाह विरुद्ध नाटक प्रदर्शन गरेको थिए । हाम्रो समाजमा बालबिवाह जस्ता कार्यले बालबालिकामा नकारात्मक असर पर्ने र बालबालिकाहरुले पाउने सम्पूर्ण अधिकारबाट पनि बन्चित हुनु पर्ने साथै बालबिवाह पश्चात कम उमेरमा नै गर्भवती हुने र अकालमा नै मृत्यु हुनु पर्ने जस्ता घटनाहरु रहेको हुदा यस्ता किसिमको समस्यालाई अन्त्य गराउने उद्देश्यले  मन्चिय नाटक द्वारा समुदायलाई सचेत गराउन परेको एबिसी नेपालका फिल्ड अधिकृत सन्जित कुमार शर्माले बताएका छ्न ।



कार्यक्रममा सहिद बिष्णु पाण्डे आधारभुत विद्यालयका प्रध्यानाध्यापक दिनानाथ यादव,समाजसेवी धन बहादुर गुरुङ्ग,पत्रकार श्याम थापा,समाजसेवी शैलेन्द्र कुमार शर्मा,सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष एवं सुस्ता गाउँपालिकाका प्रबक्ता कृष्णलाल मुखिया र कार्यक्रमका विशेष अतिथि एवं सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बालबिवाहले समाजमा पारेको असरले विभिन्न कृतिहरु देखा परेको हुदा सम्पूर्ण ब्यक्तीहरु आ आफ्नो ठाउँ बाटै बालबिवाह विरुद्ध लाग्नु पर्ने मन्तव्यमा जोड दिएका थिए ।
सो कार्यक्रममा बालबिवाह न्यूनीकरणका लागि संवादको अभियानलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय समाजसेवीहरु र संचारकर्मीलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको थियोे ।


सम्बन्धित
Loading...