एसइईको नतिजा प्रकाशित
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर एसइईको नतिजा सार्वजनिक गरेको हो।

एसइईमा कुल चार लाख ७५ हजार तीनजना विद्यार्थी सहभागी थिए। जसमा छात्रातर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्रतर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी थिए।
परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।
बोर्डका अनुसार एसईईको नतिजा हेर्न मोबाइल फोनबाट सिम्बोल नम्बर टाइप गरेर एसएमएस गर्दा आउने व्यवस्था मिलाइएको छ । यसका लागि ३१००३, ३१००७, ३४९४९, ३५००१ र १६०० मा एसएमएस पठाउनुपर्नेछ ।
यसका अतिरिक्त शिक्षा मन्त्रालयको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय, अनलाइन खबर, इडीयू सञ्जाल, नेपाल टेलिकम, एनसेल र कान्तिपुर पब्लिकेसनको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था छ ।
गत चैत १० गते बाट शुरु भएको परीक्षाको नतिजा प्रदेशगत रुपमा छुट्टाछुट्टै सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ ।
एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको परीक्षामा यस पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक फरक बनाईएको थियो ।
विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा पुरानै ’धंङधंङी’ कायमै छ ।