सिँचाइ कार्यालयका प्रमुख र इन्जिनियर २ लाख घुससहित पक्राउ


जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिजियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो ।




उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिए ।

अख्तियारले नियन्त्रणमा लिइएका उपसचिव श्रीवास्तवलाई उपभोक्ता समितिका केही व्यक्तिहरुले कालोमोसो दलेेका थिए।



सम्बन्धित
Loading...