समताकी प्रतिभाले ल्याइन् ४ जीपीए
नवलपरासी — कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी छन् । उनीबाहेक समताकै र सुशील गिरि र वसन्त पाठकले पनि क्रमशः ३ दशमलव ९ जीपीए र ३ दशमलव ९५ ल्याएका छन् ।

यूकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए। ‘उनको नेपाली लेखन र चित्रकला जिल्लामै उत्कृष्ट थियो,’ उनले भने।