नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ
नवलपरासी । नवलपुर प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलबाट चेकजाँचको क्रममा लागु औषध सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँचको क्रममा ना ६ ख १३३३ नम्बरको बसरमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उक्त बसमा सवार ललितपुरको टुगुन गाउँपालिका १ बस्ने २६ बर्षीय विक्रम थोकर र महालक्ष्मी नगरपालिका ३ बस्ने ३७ बर्षीय श्यामसुन्दर पौडेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नुफिन १ सय ९ पिस, डाइजोपाम १ सय ९ पिस र फेनरागन १ सय ९ पिस बरामद गरेको छ ।
त्यसैगरी लु १ ख ९११३ नम्बसको बसबाट प्रहरीले चेकजाँचको क्रममा लागु औषध सहित काठमाडौं महानगरपालिका २ बस्ने २५ बर्षका सन्दिप रजकलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले नुफिन १ सय १९ पिस, डाइजोपाम १ सय १५ पिस र फेनरागन १ सय १८ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।