नेपाल वायु सेवा निगमले तत्काल व्यवस्थापन सुधार गर्नुपर्छः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले तत्काल व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन्। निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथास्थितिमा सरकारले निगमलाई सहयोग गर्न नसक्ने बताए।



प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरू सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे। ‘वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?’ प्रधानमन्त्री ओलीले सोधे, ‘यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन।’




निगमका निर्णय हचुवामा हुने गरेको प्रधानमन्त्रीले बताए।



सम्बन्धित
Loading...