सुनवलमा शितगृह निर्माण शुरु
गोपी ज्ञवाली
नवलपरासी, १८ असार ।सुनवलको मुखीयाटोलमाकरिब २५ करोडको लागतमा आधुनिक शितगृहको निर्माण कार्य शुरु भएको छ ।
संघिय सरकार र स्थानिय सरकारको संयुक्त लगानीमा २५ करोडको लागतमा बन्न लागेको शितगृहको निर्माण कार्य शूरु भएको जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्नु प्रसाद पौडेलले बताउनुृ भयो ।

२०७८ पुस मासान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि शितगृहको निर्माणको जिम्मा जेविओआई केशव शाह ज्वाईन भेन्चर कन्सस्टक्सन ठेकेदार कम्पनीले लिएको बताईएको छ ।
सहकारी संघ नवलपरासीको तत्पर्तामा आधुनिक एवं ब्यावस्थित (मल्टी च्याम्बर) शितगृह निर्माणका लागि काम शुरु गरिएको जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्नु प्रसाद पौडेलले बताउनुृ भयो ।
संघिय सरकारको ६० प्रतिशत र स्थानिय तहका सरकार, शहकारी संघसंस्थाहरुको ४० प्रतिशत लगानीमा सुनवलको वडा नम्बर २ मुखीयाटोलमा यो शितगृह निर्माण हुन लागेको बताईएको छ । शितगृहको निर्माणका लागि सुनवलको मुखीया टोलमा १ विगाहा १० कटठा जमिन सुनवल नगरपालिकाले छुटटाएकोअध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
२५ सय टन क्षमता रहेको निर्माधिन यस शितगृहको निर्माणका लागि शितगृहको आईईई, डिपिआर, माटो परिक्षण एवं अनलाईन टेन्डर गत आर्थिक वर्षमा नै गरि सकिएको थियो ।
पश्चिम नवलपरासीको अधिकांश क्षेत्र कृषि क्षेत्र भएको भए पनि उत्पादित तरकारी, अन्नवालीको भण्डारणका लागि भैरहवा स्थित शितगृहमा भर पर्नु पर्ने अवश्था रहकोले पश्चिम नवलपरासीका किसानहरुले समस्या भोगदै आएका थिए । अहिले सम्म कृषिजन्य बस्तुको भन्डारण एवं सुरक्षित गर्नका लागि भैरहवा पुग्नु पर्ने समस्या रहेको थियो भने सुनवलमा शितगृह बनाए पछि यस क्षेत्रका किसानहरु प्रत्येक्ष लाभान्भित हुने भएका छन ।
निर्माण हुन लागेको मल्टी च्याम्बर (आधुनिक) प्रकारको शितगृहमा भिन्दा भिन्दै आवश्यक्ताका अनुसार भिन्दाभिन्दै बस्तुलाई अवश्यकता अनुसारको तापक्रममा राख्न सकिने बताईएको छ । शितगृह बने पछि यस क्षेत्रका तरकारी, फलफुल जन्य कृषि उत्पादनहरुको सुरक्षित भन्डारण गर्न सकिने छ ।