एसीसी यू–१९ क्रिकेट : नेपालको शानदार जीत
काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो
ट्रेन्डिङ
टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनायो। चीनका दुई खेलाडीको समान १३ रन नै सर्वाधिक रह्यो। अन्य कुनै खेलाडीले दोहोरो अंक बनाएनन्। चीनको पालीलाई ध्वस्त पार्न नेपालका सागर ढकाल र तिलक राजभण्डारीले समान ३ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट चट्काए।
५४ रनको झिनो लक्ष्यसहित मैदानमा आएको नेपालका ओपनरद्वय पवन शर्राफ र रित गौतमले पाँचै ओभरमै लक्ष्य भेट्टाए। रित गौतमले १० रन बनाउँदा पवन शर्राफले ४६ रन बनाए उनले २१ बलको सामना गर्दै ४ चौका र तीन छक्का हिर्काए।
मलेसियामा जारी खेलमा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहलमा नेपाल सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ए मा ३ टिम मात्र छन्।
यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।
Recover your password.
A password will be e-mailed to you.