दुबईका शासकका श्रीमतीलाई दुवईमै खतरा

123








दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ।

आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ।




शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोष्ट गर्दै एक अज्ञात महिलामाथि ‘धोखा दिएको र विश्वासघात गरेको’ आरोप लगाएका छन्।

घोडादौड कम्पनीका मालिक अर्बपति ६९ वर्षीय शेख मोहम्मदलाई बेलाबखतमा घोडादौडको सन्दर्भमा ब्रिटेनकी महारानीसँग कुराकानी गरेको पनि देख्न पाइन्छ।

जोर्डनमा जन्मेर ब्रिटेनमा पढेकी ४५ वर्षीय हायाले सन् २००४ मा शेख मोहम्मदसँग बिहे गरेकी थिइन्। उनी शेखकी छैठौँ र ‘कान्छी’ पत्नी बनेकी थिइन्।

विवरणहरूका अनुसार शेखका २३ जना सन्तान छन्।

राजकुमारी हाया सुरुमा दुबईबाट भागेर जर्मनी पुगेकी र त्यहीँ शरण मागेकी थिइन्।

अहिले उनी लण्डनको प्रमुख क्षेत्र केन्सिङटन प्यालेस गार्डेनमा करिब १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसिरहेकी र कानुनी लडाईको तयारी गरिरहेकी बताइएको छ।

दुबईको विलासी जीवन छोडेर उनी किन भागिन् र उनलाई “जीवनको खतरामा परेको त्रास” किन छ?

उनका नजिकका सूत्रहरूका अनुसार हायाले यसै वर्ष शेखकी एक छोरी शेखा लतिफाबारे चिन्ताजनक तथ्यहरू फेला पारेकी थिइन्।

शेखा लतिफा एक फ्रान्सेलीको सहयोगमा डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतीय तटबाट हतियारधारी रक्षकहरूले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए।



You might also like
Loading...