गैडाकोट नगरपालिकाकाे बजेट ६४ करोड ६८ लाख
पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ६४ करोड ६८ ला ७३ हजार ३९९ रुपैयाँ वरावरको बजेट पास गरेको छ ।
त्यसैगरी नगरसभाले अागामी अार्थिक बर्षका लागि नीति तथा कार्यक्रम पनि पास गरेकाे छ ।
नगरसभामा गैडाकोटका मेयर छत्रराज पौडेलले नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कडेँलले बजेट सार्वजनिक गरेका थिए।
सार्वजनिक बजेट अनुसार गैडाकोटका १८ वटा वडामध्ये ३, १४ र १८ लाई ८० लाखको बजेट सिलिङ दिइएको छ भने अन्य वाँकी वडाहरुलाई ७० लाखका दरले बजेट सिलिङ प्रदान गरिएको छ ।
बजेटको आयतर्फ आन्तरिक राजश्व शीर्षकबाट ६ करोड ७८ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ३ करोड, मौज्दात तथा अन्य आयबाट ५९ लाख १२ हजार ३९९ गरि आन्तरिक स्रोतबाट कूल जम्मा १० करोड ३७ लाख १२ हजार ३९९ रुपैया अनुमान गरिएको छ ।
त्यस्तै नेपाल सरकारबाट प्राप्त वित्तिय समानकिरण अनुदानबाट १६ करोड ४३ लाख, सशर्त अनुदान मार्फत २२ करोड २१ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँडबाट १२ करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १ करोड २९ लाख ८९ हजार, शसर्त अनुदान १ करोड, सोहि सरकारबाट हुने राजश्व वाँडफाँडबाट १ करोड ९३ हजार र वहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख ७९ हजार सहित संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान ५४ करोड ३१ लाख ६१ हजार सहित कुल ६४ करोड ६८ लाख ७३ हजार ३९९ को कुल आयतर्फको बजेट सार्वजनिक गरिएको हो ।
त्यस्तै खर्च तर्फ कार्यालय प्रशासनिकतर्फ ११ करोड ४८ लाख ६० हजार विनियोजन गरिएको छ भने सामाजिक विकास समितिलाई ४ करोड ३९ लाख, पूर्वाधार विकास समितिलाई ६ करोड ३१ लाख, वातावरण तथा विपद व्यवस्थापन समितिलाई ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाह समितिलाई ५० लाख, विपद व्यवस्थापन कोष लगायत ७ वटा कोषका लागि ३५ लाख, वडागत विभाजन ८० लाखका दरले २ करोड ४० लाख र वाँकी वडाहरुलाई ७० लाखका दरले १० करोड ५० लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, लागत सहभागीता १ करोड ५० लाख र भैपरी आउने पुँजीगत खर्चतर्फ ५१ लाख ३४ हजार ३९९ अनि केन्द्र र प्रदेश सरकारका अनुदान कार्यक्रम गरि कुल ६४ करोड ६८ लाख ७३ हजार ३९९ रुपैया बजेट विनियोजन गरिएको छ ।