चितवनका २१ विद्यालय मर्ज, २२ मावि दरवन्दीविहीन


चितवनका २१ वटा सामुदायिक विद्यालय गएको वर्ष मर्ज भएका छन् । मर्ज हुनेमा चितवनको माडी नगरपालिकाका सबैभन्दा धेरै १३ विद्यालय छन् ।




शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार माडी नगरपालिकाका १२ प्रावि र १ निमावि मर्ज भएका हुन् ।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिकामा ४, रत्ननगर नगरपालिकामा २ प्रावि, कालिका नगरपालिकामा १ प्रावि र भरतपुर महानगरपालिकामा १ प्रावि मर्ज भएको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका शाखा अधिृकत हेमचन्द्र पौडेलले जानकारी दिए ।




पौडेलका अनुसार इच्छाकामना गाउँपालिकाका ७ विद्यालय मर्ज हुने क्रममा रहेका छन् । ती विद्यालय चालु शैक्षिक सत्रमा मर्ज हुने उनले बताए ।

चितवनको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १२३ वटा सामुदायिक विद्यालय छन् । यस्तैं, इच्छाकामना गाउँपालिकामा ५८, कालिका नगरपालिकामा ३६, खैरहनी नगरपालिकामा २८, माडी नगरपालिकामा ३४, राप्ती नगरपालिकामा ५० र रत्ननगर नगरपालिकामा ३० सामुदायिक विद्यालय छन् ।

अधिकत बसाइसराइँ, जन्मदर कमी र युवाहरु विदेश पलायन हुँदा विद्यार्थीको संख्या कम भएको कार्यालयका प्रमुख भूमिलाल शर्मा सुवेदीले जानकारी दिए ।
प्राविलाई आधा घण्टाको दूरीमा र माविलाई एक घण्टाको दूरी कायम हुने गरी विद्यालय मर्ज गरिएको उनको भनाइ छ ।

पछिल्लो समयमा औसत परिवारको संख्या जम्मा चारमा झरेको पाइएको शर्माले बताए । निजी विद्यालयहरुमा समेत पछिल्लो समयमा विद्यार्थीको संख्यामा कमी भएको आफूले पाएको उनले बताए । – onlinekhabar




सम्बन्धित
Loading...