त्रिशूलीमा ट्रक खस्यो, ट्रकधनी र चालकको मृत्यु


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकै आज विहान पौने ६ बजे ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।



दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् । रविकान्त सोही ट्रकका धनी र बालकृष्ण चालक भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका एक जनालाई उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुलेको छैन ।



सम्बन्धित
Loading...