नवलपरासीको गैडाकोटमा भोलि र पर्सी नवलपुरमा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

289








नवलपुर, २२ असार । ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नवलपुरको फाइनल खेल असार २३ र २४ गते गैडाकोटमा हुने भएको छ ।
प्रतियोगिताको तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए ।
पालिका स्तरीय छनौट चरणको खेलबाट छानिएर आएका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुबाट खेलाडी उत्पादनका लागि गर्ने गरिन्छ ।
राखेपको विवाद, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयभन्दा ढिलो हुनु लगायतका कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस बर्ष ढिलो भएको हो ।




नवलपुर भरीका विभिन्न विद्यालयबाट छनौट भएर आएका १ हजार ६० जना विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता जनक मावि गैडाकोटमा हुने छ । प्रतियोगिता विहान ७ बजेबाट शुरु हुने जनाइएको छ ।
११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट छनौट भएका खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।



You might also like
Loading...