मोस्ट वान्टेड ‘बादशाह’लाई प्रहरीले गर्‍यो सार्वजनिक

148








कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सुची (मोस्ट वाण्टेड) मा रहेका मायादेवी गाउँपालिकाको पिपराका बादशाह भनेर चिनिने नसिम अहमद मुसलमान (जाबेद बादशाह) लाई पत्रकार सम्मेलन मार्फत आइतबार तौलिहवामा सार्वजनिक गरिएको छ ।




कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको एक टोलीले काठमाण्डौबाट पक्राउ गरेको बादशाहलाई शनिबार राति नै कपिलवस्तु ल्याइएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

पक्राउ परेका बादशाहमाथि २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका– ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलवस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमती अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालीन पिपरा गाविस सचिव राम मिलनप्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ वैशाख १३ गते पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्धा दर्तामा रहेको छ ।

यसैगरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका–१ का सन्दीप कुमार गुप्ताको जीप रोकेर हतियार देखाई २ लाख रुपैयाँ लुटेको मुद्दाहरु रहेका छन् ।

पक्राउ गरिएका मोस्ट वाण्टेड वादशाहलाई प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । पछिल्लो समय प्रहरीले विभिन्न हत्या अपराधमा संलग्न रहेका फरार अपराधीहरुलार्ई धमाधम पक्राउ गरेको प्रहरी उपरिक्षक दीपशमशेर जबराले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य रहेका बादशाहलाई नेकपाकै दबाबमा स्थानीय प्रशासनले अहिलेसम्म संरक्षण गर्दै आएको थियो ।

माओवादी प्रतिकारको नाममा ८ जनाको हत्या अभियोग लागेका मोस्ट वान्टेड नसिम वादशाह पक्राउ

 



You might also like
Loading...