सिन्धुपाल्चोकमा बाढीले बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता


अविरल वर्षापछि आएको बाढीले बगाउँदा तीनजना बेपत्ता भएका छन् ।




शनिबार राति आएको बाढीले शिवश्री हाइड्रोपावरमा काम गर्दै आएका इटहरीका यादवप्रसाद काफ्ले र बाराका रामअवतार चौधरीलाई बगाएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै, जुगल गाउँपालिकामा आएको बाढीले गाउँघर उज्यालो सानो घट्टे खोला हाइड्रोपावर प्रालिमा कार्यरत सिभिल इन्जिनियर मुक्ति सिवाकोटीलाई पनि बगाएको उहाँले जानकारी दिए ।




उनीहरुको बिहानैदेखि खोजी कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । बाढीले दुवै आयोजनामा करोडौँ रुपैयाको नोक्सानी पुर्‍याएको छ ।

एक सातासम्म नदीको सतहको बहाब बढ्ने, सतर्क रहन आग्रह




सम्बन्धित
Loading...