चितवनका कैदी बन्दीमा भाइरल ज्वरो


कारागारका बन्दी बिरामी भएका छन्। कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ।



भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले बताए। भाइरलको संक्रमण चाँडो बढ्न सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्न उपचारको प्रक्रिया शुरु गरिएको छ। कारागारमा आकाशे पानी जम्ने भएकाले भाइरलको समस्या देखिने गरेको छ।




कारागारमा क्यान्सरका सात, कुष्ठ रोगको एक, क्षयरोगका दुई, हेपाटाइटिस ‘बी’को एक, एचआइभी संक्रमित चार, उच्च रक्तचापका ४५ तथा मधुमेहका २० बिरामी रहेका छन्।



सम्बन्धित
Loading...