राजदूतमा सिफारिस चारैजनाको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले चार देशका लागि सरकारले राजदूतमा सिफारिस गरेका नामलाई सर्वसम्मत अनुमोदन गरेको छ।




सोमबार दिनभर चलेको सुनुवाइपछि अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका लागि राजदूतमा सिफारिस चारै नामलाई सर्वसम्मत अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  सरकाले वंशीधर मिश्रलाई बंगलादेशका लागि, कतारका लागि नेपाली राजदूतमा डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि राजदूतमा दावाफुटी शेर्पाको नाम सिफारिस गरेको थियो।

सुनुवाइका क्रममा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत दाहालमाथि अमेरिकाको ग्रीनकार्ड लिएको विषय उठेको थियो। सांसदहरूले दाहालकी श्रीमतीले अमेरिकाको ग्रीन कार्ड लिएको उजुरी परेको भन्दै प्रश्न गरेका थिए।


त्यस्तै बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले चुरेका ढुंगा बंगलादेशलाई बेचेर पैसा कमाउने प्रस्ताव गरेका थिए। संसदीय सुनुवाइ समितिको बैठकमा पूर्वसांसदसमेत रहेका मिश्रले ढुंगाका लागि एक खर्बको प्रस्ताव आएकाले बंगलादेशलाई ढुंगा बेचेर ’एक प्रयास तीन लाभ’ प्रस्ताव अघि सारेका थिए्।




सम्बन्धित
Loading...