विषादीयुक्त तरकारीको परीक्षण रोक्ने निर्णय विरुद्धमा विवेकशील पार्टीको ध्यानाकर्षण


नवलपरासी। विषादीयुक्त तरकारीको परीक्षण रोक्ने सरकारको निर्णयको विरोध गर्दै साझा विवेकशील पार्टी नवलपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ ।



पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमलाई ज्ञापन पत्र वुझाएको हो । अन्तराष्टिय बजारबाट आयात हुने तरकारी तथा फलफूल लगाएतका खाद्यजन्य वस्तुमा जनस्वास्थमा गम्भिर असर पार्ने विषादी र रसायन मिसावट हुने जानकारी रहेपनि सिमा नाकामै विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको खबर दुर्भाग्यपूर्ण रेहको भन्दै ज्ञानपन पत्र बुभाईएकोे छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले प्रशासन मार्फत् नेपाल सरकार समक्ष ज्ञापन पत्र पुराउने प्रतिवद्धता जनाए ।



सम्बन्धित
Loading...