थुनुवा फरार प्रकरण : प्रहरीलाई कारबाही तयारी




रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो ।

गएराति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार भएका हुन् । यो समाचार तयार पार्दासम्म उनीहरु फेला परेका छैनन् ।

प्रहरीको लापरवाहीमा उनीहरु फरार भएका हुन् वा थुनुवा र प्रहरीबीच मिलेमतो पनि थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोली भैंसेपाटी पुगेर स्थलगत निरीक्षण गरेको छ । ललितपुर प्रहरी परिसरले पनि एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।

एसएसपी किरण बज्राचार्यले प्रारम्भिक निरीक्षणको नतिजा बुझाएपछि कस्तो खालको कारबाही गर्ने भन्ने निर्क्यौल हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

ललितपुरको जावलाखेलस्थित प्रहरी कार्यालयमा स्थान अभाव भएको भन्दै भैंसेपाटीमा राखिएका थुनुवाहरु फरार भएका हुन् ।



सम्बन्धित
Loading...