देवचुली नगरपालिकाद्वारा अपाङ्गता भएकाहरुलाई सहयोगी सामाग्री वितरण


असार २६, बिहीबार । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकामा अपाङ्गता भएकाहरूका लागि बिहीबार सहयाेग सामग्री वितरण गरेकाे छ ।




धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोगमा सहयोगी सामाग्री वितरण गरिएको हाे । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रम मार्फत  ५ वटा ह्वील चियर र २ जोर बैशाखी प्रदान गरीएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले सहयोगी सामाग्री वितरण गरेका थिए।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बिष्णुप्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो ।







सम्बन्धित
Loading...