बनेपामा पहिरोले पुर्दा २ को मृत्यु
काभ्रेको बनेपा नगरपालिका वडा नं ३ नालामा पहिरोले पुर्दा २ जनाको मृत्युभएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिदा स्थानिय रामप्रसाद दङगालको श्रीमती ५५ बर्षिया गोमा दङगाल र ७ बर्षिया नानिति सोहनी दङगालको पहिरोबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताए ।
घर माथिबाट आएको पहिरोले पुरिदा थप ३ जना घाइतेहरु शुशिला दङगाल, अनुस्का दङगाल र एक जनाको उद्धार संगै बनेपाको अस्पतालमा उपचार भइरहेको एसपी सापकोटाले बताए । काभ्रेमा कोशीपारी चौरीदेउराली गाउँपालिका वडा नं ४ मजुवामा पहिरोले ३ घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
काभ्रेको कोशीपारी डाडापारी जोड्ने मुख्य सडकहरु पानीको कारणले अवरुद्धभएका छन् । लामो दुरीको बिपि राजमार्ग र अरनिको राजमार्गमा कम मात्रमा सवरीहरु संचालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी सहायक निरिक्षक भिमसेन बिक्रम थापाले बताए ।