क्रान्तिकारी माओवादीका पाेलिटव्युराे सदस्य अधिकारीकाे साताैं दिनकाे स्मृतिमा चितवनमा श्रद्धाञ्जली सभा


 



रामकुमार श्रेष्ठ
चितवन, २८ असार । नेकपा क्रान्तिकारी माअाेवादीका पाेलिटव्युराे सदस्य एवम् प्रदेश ४ का ईन्चार्ज श्रीनाथ अधिकारी श्यामकाे साताैं दिनकाे स्मृतिमा अाज चितवनमा श्रद्धाञ्जली सभा गरिएकाे छ ।
सभामा नेकपा स्थायी कमिटि सदस्य एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले श्यामले कम्युनिष्ट अान्दाेलन र पार्टी प्रति पुर्याउनु भएकाे याेगदानकाे बारेमा खुलेर चर्चा गरेका थिए ।
नेता गजुरेलले श्यामकाे निधनले सिंगाे पार्टीमा मात्र नभएर सिंगाे कम्युनिष्ट अान्दाेलनमा क्षति पुगेकाे बताए ।
नेता गजुरेलले श्यामले देख्नु भएकाे क्रान्तिका कार्यभार पूरा गर्नका लागि कत्तिपनि विचलित नभई पूरा गर्न पार्टी नेतृत्वपंक्ति लागि पर्ने बताए ।





श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नारायण दाहाल, श्यामका बहिनी शान्ता अधिकारी पाैडेल, नेकपा मालेका पर्शुराम लामिछाने, श्यामका सहयाेद्धाका तर्फबाट हितराज पाण्डे उत्तम, भक्ति लामिछाने, छाेरा नारायण अधिकारी लगायतले श्यामकाे जीवनीमाथि प्रकाश पारेका थिए।


शाेकसभाकाे चन्द्रहरि सुवेदी अटलले गरेका थिए।
श्रीनाथ अधिकारीकाे भुमिगत बेलाकाे कार्यक्षेत्रकाे अाधारमा चितवनमा श्रद्धाञ्जली सभा गरिएकाे हाे ।
सभा चितवनकाे भरतपुर महानगरपालिका १४, पृथ्वीनगर बजाैरीमा गरिएकाे थियाे ।



सम्बन्धित
Loading...