कुवेतमा आगलागीमा परेर तीन नेपालीको मृत्यु


कुवेतमा आगलागी परी तीन नेपालीको मृत्यु भएको छ । आप्रवासी बस्ने अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीका विजय बैठा, नेपालको ठेगाना खुल्न नसकेको अप्सरा कामी र गौरी दर्जी रहेका छन् ।



कुवेतस्थित नेपाली दूतावासका अनुसार, आगलागीमा परेर केही घाइते भएका छन् । तर उनीहरु नेपाली हुन् होइनन् थाहा हुन सकेको छैन ।




आगलागीको कारण भने खुल्न नसकेको दूतावासले जनाएको छ ।



सम्बन्धित
Loading...