आदिवासी जनजातिद्वारा २ दिन नेपाल बन्दको घोषणा; पूर्ण समानुपातिक, समावेशी विज्ञापन गर्न माग

316








रामकुमार श्रेष्ठ
असार, २९ आइतबार । लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन पूर्ण असमावेशी र पूर्ण असमानुपातिक भएको भन्दै आदिवासी जनजाति महासंघले साउन २ र १० गते नेपाल बन्द आव्हान गरेको छ ।
आदिवासी जनजाति महासंघद्वारा घोषित कार्यक्रम अनुसार साउन १ गते साँझ देशभर मसाल जुलुस गर्ने र साउन २ गते नेपाल बन्द गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । त्यसैगरी साउन १० गते पनि नेपाल बन्द गर्ने जनाएको छ ।
यसैक्रममा आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल समानुपातिक र समावेशी ढंगल विज्ञापन गर्न माग गरेको छ ।
माग पुरा नभए नेपाल बन्द लगायतका आन्दोलनमा कडा ढंगले प्रस्तुत हुने चेतावनी दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पश्चिम नवलपरासीका अध्यक्ष देवराज चौधरीद्वारा जारी विज्ञप्तिमा साउन १ गते साँझ साढे ५ बजे बर्दघाटको चिसापानी चोकबाट त्रिवेणी चोकसम्म राँके जुलुस गर्ने जनाइएको छ ।

विज्ञप्तिको पूर्ण पाठ






You might also like
Loading...