सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई नयाँ गाडी


नागरिक दैनिकले संघीय संसदअन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्काउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको समाचार छापेको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको समाचारमा उल्लेख छ ।



नागरिकमा विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लगाएका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको समाचार पनि छ ।



सम्बन्धित
Loading...