जनजाति महासंघको आन्दोलन हेरफेर, आजको नेपाल बन्द फिर्ता
नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएको थियो । आन्दोलनको कार्यक्रम हेरफेर गर्दै नेपाल बन्द फिर्ता भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष राम तामाङले बताए ।
नेपाल बन्द फिर्ता भएपनि अन्य कार्यक्रम प्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने उनले बताए ।
नेपालको संविधान ९पहिलो संशोधन०,२०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघको ठहर रहेको छ ।
सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।
आन्दोलनको स्वरुप फेर्दै जनजाति महासंघले साउन २ गते विहीबार लोकसेवा आयोगको कार्यालय, देशभरका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा धर्ना दिई काम ठप्प पार्ने जनाएका छन् ।
त्यसैगरी साउन ३ गते काठमाडौं लगायत देशभर जुलुस निकाल्ने र लोकसेवा आयोगका अध्यक्षको पुतला दहन गर्ने जनाएको छ ।
कार्यक्रमका खाकाहरु
