रुपन्देहीमा अज्ञात समूहद्धारा ५ वटा बुद्धमुर्ति तोडफोड

118








रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ ।




सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो ।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए ।

उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

 

नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा आपत्ति जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्तिलाई तोडफोडको भत्र्सना गरेका हुन् । ‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ उनले भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’

कांग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।



You might also like
Loading...