धनगढी बम बिस्फोट : एकको मृत्यु

171








दीपक ओली

धनगढी, ३ साउन । बिहीवार साझ धनगढीमा भएको बम बिस्फोटमा परी घाईते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिकाका राम सिह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




बम बिस्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए । घाइतेको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । सिहको उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो सहिद गेट नजिक रहेको निलम होटलको आगनमा बम विस्फोट भएको थियो । बिस्फोट भएको बम स्टिलको टिफिन बम भएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटना स्थलबाट ९ एमएमको चाइनिज पेस्तोल र से७प ३१४४ नम्बरको मोटरसाइकल फेला पारेको छ । सो मोटरसाइकलमा मृतक सिह र लक्ष्मण सेरला सवार रहेको प्रत्यक्षदर्शीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले मोटरसाइकललाई होटल अगाडी रोकेर आगन नजिक पुगेपछि एक्कासी ठूलो आवाजसहित बिस्फोट भएको थियो ।

विस्फोटमा परी सिंहसहित कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, मोबिन खान र जितेन्द्र यादव घाइते भएको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

घटना बारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणमा मृतक सिह र घाइते सेरला सरकारले प्रतिबन्ध लगाएको विप्लव माओवादी समर्थक रहेको बुझिन आएको प्रहरीले बताए ।



You might also like
Loading...