होटेलमा युवक मृत फेला युवती पक्राउ


दाङ, ३ साउन। दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।



बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटेको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हमाल एक युवतीसंगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् ।




हमालसंगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार ती युवती दलित समुदायकी हुन । उनले यो भन्दा अगाडि मृतक हमालसंग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेतेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...