चितवनमा एक बर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु


सविना घिमिरे, डिलकुमारी नेपाल ।
चितवन । गत आर्थिक वर्षमा चितवन जिल्लामा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाए । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हुन् । अघिल्लो आर्थिक वर्षमा २ सय ७१ दुर्घटनामा १ सय ३२ को मृत्यु भएको थियो ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको हो । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन ।
गत आ.व.मा भएका दुर्घटनामा ४ सय ५३ सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको हो ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५ सय ५८ घाइते भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल भएका हुन् । गत वर्ष २ सय ५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
यस्तै ८० ट्रक तथा ट्यांकर, ५३ बस, ५२ जिप÷कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको हुन् ।
कारवाहीको संख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताए ।
हलुका सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढी हुने गरेको उनले बताए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी संखयामा दुर्घटना भएको उनले बताए ।



सम्बन्धित
Loading...