घुसको रकमसहित नगरपालिकाका ओभरसियर पक्राउ

132








सिरहा : सिरहाको गोलबजार नगरपालिकामा कार्यरत ओभरसियर २५ वर्षीया उमा श्रेष्ठ उपभोक्ता समितिबाट लिएको घुस रकमसहित पक्राउ परेकी छन्।

ओभरसियर श्रेष्ठ गोलबजार नगरपालिका ७ चोहर्वास्थित एक होटलबाट घुसवापत लिएको ५० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीद्वारा शुक्रबार साँझ पक्राउ परेकी हुन्।




बर्दिवासस्थित अख्तियार कार्यालयबाट आएको टोलीद्वारा ५० हजार रुपैयाँसहित पक्राउ परेकी ओभरसियर श्रेष्ठलाई बर्दिवास लगिएको छ।



You might also like
Loading...