लोकसेवा परीक्षा बिथाल्ने चार जना पक्राउ


खोटाङ : लोकसेवा आयोगको परीषामा अवरोध सिर्जना गर्ने चार जना पक्राउ परेका छन्।


शनिबार दिक्तेलका विभिन्न परीक्षा केन्द्रमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको समयमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका खोटाङ सचिव रबिन खम्बु, महासंघका सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।

दिक्तेल बहुमुखी क्याम्पस केन्द्रको परीक्षा बिथोल्ने प्रयास गरेकाले पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए। प्रजिअ उपाध्यायका अनुसार हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएकाले नियन्त्रणमा लिइएको हो।



सम्बन्धित
Loading...