मनसुनी रेखा फेरि नेपालमाथि, ‘अति भारी वर्षा’को सम्भावना
मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।
मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’
‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।