साधारण सदस्य पनि नरहने गरी पत्रकार जैसीलाई कारवाही


लोकनाथ पंगेनी
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाएको छ ।
विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुठबन्दी गरेका, संगठनको विरुद्ध भ्रामक र अनर्गल प्रचार प्रसार गरेको कारण कारवाही गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ – एउटा क्रान्तिकारी, परिवर्तनको पक्षमा आवाज उठाउने पत्रकारहरुको साझा संस्थाको विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने, भ्रम सिर्जना गर्ने, संगठनका विरुद्ध गुटबन्दी गर्ने तथा संगठनको विधान विपरीत गएर कार्य गर्ने गरेको पाइएकोले क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीलाई आजकै मितिदेखि संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको व्यहोरा सार्वजनिक जानकारीका निम्ति यो वक्तव्य जारी गरिएको छ ।



 



सम्बन्धित
Loading...