आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा विहानैदेखि भक्तजनको भीड




SITENAME

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा विहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।यो वर्ष साउनमा चार वटा सोमबार परेका छन् ।

नवलपरासीकाेे दाउन्ने, त्रिवेणी, नवलपरासी, चितवनकाेे संगम देवघाट, रूपन्देहीकाे मुर्गीया, पाल्पा र स्याङ्जाकाे संगम  लगायतका क्षेत्रमा भक्तजनहरूकाे विहानैदेखि भिड लागेकाे छ ।



सम्बन्धित
Loading...