शिक्षक अनुपस्थित भएपछि स्थानीयले लगाए विद्यालयमा ताला


साउन ७, २०७६



मुगु : मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा स्थानीय अविभावकले सोमबार बिद्यालयमा ताला लगाएका छन। श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाँपुमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका हुन्।

गाउँपालिका ९ पाँपु गाउँमा रहेको साे विद्यालयमा कार्यरत शिक्षक कुशलाल विटालु साढे दुई महिनादेखि विद्यालयमा नआएको, अर्का शिक्षक रमाइली सेजुवाल एक महिनादेखि विद्यालयमा अनुपस्थित रहे पनि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको शिक्षा शाखाले तलव खुवाएको स्थानीयवासीले जनाएका छन। विद्यालयमा नपढाउने  तर तलब खाइरहँदा सरकारी लगानी दुरुपयोग भएको भन्दै सोमबारबाट विद्यालयमा ताला बन्दी गरिएको स्थानीय वासी कर्णबहादुर रोकायले जानकारी दिए। ८० जना विद्यार्थी रहेको विद्यालयमा अहिले एकजना प्रधानाध्यापक जितबहादुर जिसी मात्र रहेका छन्।




अन्य शिक्षक नआए पछि जिसीले प्रशासनिक कार्य र अध्यापन एक्लै सम्हाल्नु पर्दा विद्यालयको अवस्था अस्त व्यस्त रहेको बताइएको छ। शिक्षक विद्यालय नआउने तर तलब खाई रहने भन्दै स्थानीयले विद्यालयमा गरेको ताला बन्दीको विषयमा आफूलाई कुनै जानकारी नभएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्गक्याप्ने लामाले बताए।



सम्बन्धित
Loading...